प्रधानसेनापति थापा भारत जाँदै

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
प्रधानसेनापति पूर्णचन्द्र थापाले आगामी पुष २७ गते बाट भारतको औपचारिक भ्रमणमा जानुहुने भएको छ । प्रधानसेनापतिको जिम्मेवारी सम्हालेपछि भारतका सेनाध्यक्ष विपिन रावतको निमन्त्रणमा उहाँ पहिलोपटक भारतको औपचारिक भ्रमणमा जान लाग्नुभएको हो ।

भारत भ्रमणमा रहँदा प्रधानसेनापति थापालाई भारतीय राष्ट्रपति रामनाथ कोविदले भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नुहुनेछ । नेपाल र भारतबीच एक अर्को देशका प्रधान सेनापतिलाई मानार्थ महारथीको दर्ज्यानी दिने प्रचलन पहिलेदेखि नै चल्दै आएको छ ।

भ्रमणका क्रममा प्रधानसेनापति थापासँग त्यहाँका रक्षामन्त्री र सुरक्षा सल्लाहकारबीच भेटघाट हुने कार्यक्रम रहेको सैनिक प्रवक्ता गोकुल भण्डारीले जानकारी दिनुभयो ।
६ दिने भारत भ्रमणपछि माघ २ गते स्वदेश फर्कनुहुनेछ ।