२३ वर्ष देखि फरार २ जना प्रतिवादी पक्राउ

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
ईलाका प्रहरी कार्यालय सिमरा, बाराबाट खटिएको प्रहरी टोलीले २३ वर्षदेखि फरार रहेका २ जना प्रतिवादिहरुलाई पक्राउ गरेको छ ।

डाँका मुद्दामा दोषी ठहर भएका बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १० बस्ने ४५ बर्षिय नस्द किशोर धानुक र लागु औषध ओसारपसार मद्दामा दोषी ठहर भएका सिमरा उपमहानगरपालिका वडा नं. २३ बस्ने ४३ वर्षिय हविव मियालाई लुकेर बसेको अवस्थामा पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका किशोर धानुकलाई ०५२ साल मसिंर २१ गते जिल्ला अदालत कलैयाले डाँका मुद्दामा ६ वर्ष कैद र ३२ हजार ८ सय पचास रुपैयाँ जरिवाना सजाय सुनाएको थियो । यस्तै दोषि ठहर भएका मियालाई ०५२ साल भदौ २९ गतेको फैसलाले लागु औषधमा १ वर्ष ६ महिना कैद र आठ हजार रुपैँया जरिवानाको सजाय सुनाएको थियो ।

पक्राउ परेका उनीहरुलाई अदालतको आदेश अनुरुप कैद भुक्तानको लागी कारागार कार्यालय बिरगंज पठाइएको प्रहरीले जनाएको छ ।