होटल र गृहिणीलाई लक्षित गरी आधुनिक किचन डेकोरेशन सेवा

0
Shares

सीताराम चौधरी, कपिलवस्तु।

भान्सामा प्रयोग हुने सबै प्रकारका सामानको लागि कपिलवस्तुको वाणगंगा १, ४ नम्बरमा आधुनिक किचन डेकोरेशन सेवा शुरु भएको छ ।

सेवाग्राहीको सेवालाई मध्यनजर गर्दै रोमाखर पाण्डे र रविन्द्र पौडेल मामा भन्जा मिलेर आर आर इन्टरप्राइजेज संचालन गर्दै यस्तो सेवा शुभारम्भ गर्नुभएको हो । होटल संचालन गर्ने व्यक्ति र घरका गृहिणीलाई लक्षित गरी व्यवसाय संचालनमा ल्याएको होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ कपिलवस्तुका महासचिव समेत रहनुभएका संचालक रविन्द पौडेलले जानकारी दिनुभयो । कूल ५० लाखको लागतमा व्यवसाय शुरु गरेको व्यवसायमा भान्सा सजावटका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीको व्यवस्था रहेको पौडेलले बताउनुभयो ।

धँुवा रहित आधुनिक तरिकाको चिम्नी, पानी शुद्धिकरण गर्ने मेसिनका साथै आवश्यक पर्ने सम्पूर्ण सामग्री एकै ठाउँमा उपलव्ध हुने गरि सेवा शुरु गरेको पौडेलले बताउनुभयो ।

“इन्टरप्राइजेजले सामग्री उपलब्ध गराउँछौं नै, डेकोरेशनको काम समेत गर्छौं ।” –अर्का संचालक रोमाखर पाण्डेले बताउनुभयो । कपिलवस्तु, दाङ, अर्घाखाँची र प्युठान जिल्लामा आधिकारिक विक्रेताको रुपमा समेत सम्पादन गर्ने संचालक पाण्डेको भनाई छ ।

नयाँ व्यवस्थापनका साथ शुरु गरिएको सेवालाई उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल र होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष गोपाल बहादुर खत्रीले एक कार्यक्रमका बीच संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । आरआरको सेवा उद्घाटन गर्दै उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेलले कपिलवस्तु जिल्लामै उद्योग व्यवसायको विस्तारले सेवा लिनको लागि टाढा जानुपर्ने समस्या अब नरहेको बताउनुभयो । पछिल्लो समय कपिलवस्तु जिल्ला व्यवसायका लागि नमूनाको रुपमा अगाडि वढेको संघका अध्यक्ष पौडेलले बताउनुभयो । यस किसिमको व्यवसायले जिल्लाका आम नागरिकका लागि फाइदा पुग्ने पौडेलको भनाई थियो ।

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष गोपाल बहादुर खत्रीले पछिल्लो समय युवा पिँढीले समाज विकासमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउन समाज, सरकार राजनौतिक दल र सरोकारवालाले हरेक क्षेत्रबाट सहयोग गर्नुपर्ने होटल संघका अध्यक्ष खत्रीले अपिल गर्नुभयो ।

इन्टरप्राइजेजले सुचारु गरेको सेवाबाट उपभोक्तालाई ठूलो राहत पुग्ने संचालकहरुको विश्वास छ । आफ्नो सेवा शुरु गरेको आर.आर इन्टरप्राइजेजबाट ब्यक्तिगत घरको किचन, अफिसियल किचनलाई आवश्यक पर्ने सम्पूर्ण सजावटको सामग्रीको व्यवस्था रहेको संचालकद्वयको भनाई छ ।