वडाअध्यक्ष महर्जनलाई मातृशोक

0
Shares

ललितपुर(नेस)
ललितपुर महानगरपालिका वडा –३ का वडाअध्यक्ष श्रीगोपाल महर्जनलाई मातृशोक परेको छ ।

उहाँका आमा विष्णुमाया महर्जनको ८४ वर्षको उमेरमा शुक्रबार निधन भएको हो ।

स्वर्गीय महर्जनका तीन छोरा रहेका छन् । स्वर्गीय महर्जनको भोलि शनिबार ललितपुरको नख्खुस्थित विष्णुदेवी मन्दिरस्थित घाट (यपाः) मा नेवारी परम्परा अनुसार दाहसंस्कार गरिने छ ।

स्वर्गीय महर्जनको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै विभिन्न वडाका वडाअध्यक्ष,शुभचिन्तक, वडावासीहरुले समवदेना प्रकट गर्नुभएको छ ।