भ्रष्टचारी भन्दै सुगतरत्न कंसाकारलाई कालोमोसो

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कालोमोसो दलिएको छ ।

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको युवा संगठन क्रान्तिकारी युवा लिगले उनको कार्यकक्षमै पुगेर कालोमोसो दलेको हो ।

उनलाई वाइडबडी खरिद प्रकरणमा भ्रष्टाचारको आरोप लगाउँदै कालोमोसो दलिएको हो ।

हालै संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले कंसारकालाई भष्ट्रचार गरेको ठहर गर्दै कारबाहीको सिफारसि गरेको थियो ।