बमजनको आश्रममा प्रहरीको छापा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
तपस्वीका रुपमा चर्चामा आएका रामबहादुर बम्जनको सिन्धुपाल्चोकस्थित आश्रममा प्रहरीले छापा मारेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले शुक्रबार बिहान बाडेगाउँस्थित आश्रममा छापा मारेको हो ।
बम्जनको आश्रममा खानतलासी गर्न जिल्ला अदालतले बिहीबार प्रहरीलाई अनुमति दिएको थियो ।
बाराको हलखोरिया जंगलमा तपस्या गरेको भनेर चर्चा आएका बम्जनको आश्रमबाट ३ आनीसहित चार जना सम्पर्कविहीन भएको खबर हालै मात्र समाचारमाद्ययममा भाइरल भएको थियो । परिवारका सदस्यहरुले पनि प्रहरीमा उजुरी दिएका छन् ।