जन्मदिनमा अपांग दम्पतिलाई सहयोग

0
Shares

हेटौंडा,(नेस) ।
आफ्नो ४२ औं जन्मदिनको अवसरमा हेटौंडा–११, नवलपुरकी तारादेवी कर्पौलाले अपांगता भएका दम्पतिलाई खाद्यान्न प्रदान गर्नुभएको छ ।

मकवानपुरगढी–१, आँपटार निवासी ६० वर्षीय वीरबहादुर भ्लोन र वर्ष ५५ की साइँलीमाया भ्लोनलाई जाडोको कपडा, डसना, चामल र अन्य खाद्यान्न दिइएको हो । वडा अध्यक्ष आइतसिं लो र तारादेवी कर्पौलाले टोपी लगाइदिएर खाद्यान्न प्रदान गर्नुभएको थियो ।

छोराछोरी र जग्गाजमिन नभएका दम्पतिमध्ये पति दृष्टिविहीन र पत्नीमा खुट्टाको अपांगता छ । नयाँ पाइला नामक संस्थाले यसअघि घरमा पुगेर उनीहरुलाई खाद्यान्न सहयोग गरिसकेको छ ।

हेटौंडाबाट गएर त्यहाँ आफ्नो जन्मदिन मनाएर वृद्ध र अपांगता भएकालाई खाद्यान्न बितरण गरिएको छ । हालसम्म कोही कसैले त्यहाँ यस्तो सेवा नगरेको अबस्थामा तारादेवीले पुण्यको कामले गर्दा खुशी लागेको अध्यक्ष लोले बताउनुभयो ।

पतिको अपांगताको कार्ड भएको तर पत्नीको कार्ड भएकाले कार्डको प्रक्रिया वडा र गाउँपालिकाले नहुने र जिल्ला तहकाले मात्र कार्डको व्यबस्था गर्नसक्ने वडा अध्यक्ष लोले बताउनुभयो ।