किरन धामी, दार्चुला ।
स्थानीय तहको निर्वाचन भएको डेढ वर्ष पुरा भैइसकेको भए पनि दार्चुला जिल्लाका अधिकांश वडा सचिव विहीन अवस्थामा रहेका छन् । जिल्लाका नौ स्थानीय तहका ६१ वडा मध्ये २१ वटा वडा सचिव विहीन रहेको पाइएको छ । वडामा सचिव नभएपछि अहिले साविकको गाविस प्राविधिकहरुलाई सचिव बनाएर काम संचालन भैइरहेको सम्बन्धित गाउँपालिका तथा नगरपालिकाले जनाएका छन् ।
एक वडामा दरबन्दी रहेका वडा सचिवले दुई तिन वटा वडा कार्यालयको समेत जिम्मेवारी सम्हाल्दै आइरहेका छन् । जिल्लाका महाकाली नगरपालिकाको वडा नम्बर १ सचिव विहिन अवस्थामा छ ।
तत्तकाल सचिवको कामकाज खरिदार स्तरका कर्मचारीले सम्हाल्दै सेवा प्रवाह गरिरहेका नगरप्रमुख हंसराज भट्टले बताए । यस्तै जिल्लाको दोस्रो नगरपालिका शैल्यशखिर नगरपालिकाका ४ वडा सचिव विहीन छन् । नगरपालिकाको वडा नम्बर १, ४, ५ र ६ वडामा सचिवको दरबन्दी रिक्त रहेको नगर उपप्रमुख राजमति बम पालले जानकारी दिए ।
जिल्लाको लेकम गाउँपालिकाको १ वडा सचिव विहिन छ । गाउँपालिकाको वडा नम्बर ६ सचिव विहिन रहेको वडा अध्यक्ष महेन्द्र राज जोशीले जानकारी दिए । वडा सचिव विहिन हुँदा कार्य सम्पादनमा समस्या भएको सम्बन्धित स्थानिय तहले बताएका छन् । यसैगरी नौगाढ गाउँपालिकाका ४ वडा कार्यालयहरु सचिव विहिन छन् । वडा नम्बर १, २, ५ र ६ वडा कार्यालयहरु सचिव विहिन रहेको गाउँपालिकाका उपाध्यक्ष गौरी ठगुन्नाले जानकारी दिए ।
जिल्लाको अर्को गाउँपालिका मालिकार्जुन गाउँपालिकाको २ वटा वडा कार्यालयहरु सचिव विहिन छन् । गाउँपालिकाको वडा नम्बर ५ र ८ वडा कार्यालयहरुमा सचिव नभएको उपाध्यक्ष पुष्पा अवस्थीले जानकारी दिए । यसैगरी ब्याँस गाउँपालिकाका वडा नम्बर ४ र ५ गरी २ वडा कार्यालय, मार्मा गाउँपालिकाका ३, ५ र ६ गरी ३ वडा, दुहुँ गाउँपालिकाका १ र ३ गरी २ वडा, र अपीहिमाल गाउँपालिकाका २ र ५ गरी २ वटा वडा कार्यालयहरु सचिव विहिन रहेका छन् ।
वडा सचिव नहुँदा नजीकबाटै सेवा लिने स्थानीयवासी स्थानिय तहको केन्द्र सम्म पुग्न बाध्य छन् ।
स्थानीय तहमा दरबन्दी अनुसार कर्मचारी नभएका कारण वडाध्यक्ष लाई समेत कार्य सम्पादनमा समस्या हुने गरेको छ ।











प्रतिक्रिया