चीनका कारण एप्पललाई एकैदिन ७५ अर्ब नोक्सान


काठमाडौं । आफ्नो सेयरमा गिरावट आउँदा प्रविधिसम्बन्धी विशाल कम्पनी एप्पललाई बिहीबार एकै दिन ७५ अर्ब डलर घाटा भएको छ । वाल स्ट्रिटमा बिहीबार एप्पलको सेयर मूल्य १० प्रतिशतसम्म गिरावट आएको बीबीसीले जनाएको छ । यो गिरावटको दोष चीनलाई लगाइएको छ । एप्पलका प्रमुख कार्यकारी टिम कुकले भनेका छन्–‘चीनमा एप्पलको घट्दो बिक्री यसको कारण हो ।’

एप्पलले सन् २०१८ का अन्तिम तीन महिनामा हुने आम्दानीको प्रक्षेपण गरेको थियो । अन्तिम तीन महिनामा ८९ अर्ब आम्दानी जोड्ने लक्ष्य उसको थियो । तर कुकले ८४ अर्ब मात्रै हुने बताएका छन् । क्रिसमसका अवसरमा विभिन्न कम्पनीहरुले आम्दानी बढाउने लक्ष्य लिएका हुन्छन् । एप्पलले पनि क्रिसमस फलदायी हुने अपेक्षा गरेको थियो । तर, यसपटक त्यसो नभएको बीबीसीले जनाएको छ ।

कुनै सबएप्पल अमेरिकामा सार्वजनिक सेयर खरिद–बिक्री गर्नेमध्ये सबैभन्दा ठूलो कम्पनी थियो । तर, अहिले उसलाई चौथो स्थानमा पुर्याइएको छ । एप्पललाई माइक्रोसफ्ट, एमेजन र गुगलको स्वामित्व रहेको अल्फाबेटले पछि पारेका हुन् ।