उत्तर कोरियाली राजदुत इटालीबाट वेपत्ता


सोल,(एजेन्सी)
दक्षिण कोरियाको गुप्तचर निकायले विहिवार इटालीका लागि उत्तर कोरियाका राजदुत वेपत्ता भएको सरकार िअधिकारीहरुलाई जानकारी गराएका छन् । प्योंगयांगका ति वरिष्ठ कुटनीतिज्ञले नाम नखुलेको एक पश्चिमी राष्टमा राजनिितक शरण लिन खोजिरहेको अपुष्ट खवरहरु बाहिरिएको केहि समयपछि नै सोलको गुप्तचर निकायले राजदुत वेपत्ता भएको घोषणा गरेको हो ।

रोमका लागि उत्तर कोरियाका निमित्त राजदुत जो सोंग गिल उत्तर कोरिको उच्च पदस्थ अधिकारीहरुका छोरो तथा ज्वाइँ हुन् । यस अघि पछिल्लो समय वेलायतका लागि उत्तर कोरियाका उप राजदुत भागेका थिए ।
सन् २०१६ मा थाए योँग हो नामक ति उप राजदुत आफ्ना सनतान र पत्नी सहित दक्षिण कोरिया तर्फ भागेको थिए । उत्तर को निकै उच्च पदस्थ अधिकारीको हैसियतले उनी यसरी भाग्दा उत्तरको सर्वोच्च नेता किम जोंग उनको सत्तालाई ठूलो धक्का पुगेको महशुस गरिएको थियो ।

उनले उत्तर कोरियाली जनता माझ किमको हैसियतलाई गिराउनका लागि अन्तर्राष्ट्रिय जगतमा सुचना तथा संचार प्रवाह गर्न विश्वलाई आब्हान गरेका थिए । गुप्तचर निकायबाट आवश्यक जानकारी हासिल गरेपछि दक्षिण कोरियाका विधायक किम मिन किले पत्रकारहरुलाई एक महिना अघि नै जो रोम स्थित दुतावासबाट भागेको बताएका छन् ।

किमले भनेका छन् , ‘ निमित्त राजदुत जो सोंग गिलको कार्यकाल गत वर्षको नोभेम्वरको उत्तरार्ध सकिन लागेको थियो तर उनी नोभेम्वरको शुरुमै दुतावासबाट भागेको हुन् । ’ दक्षिण कोरियाको राष्ट्रिय गुप्तचर निकायले उत्तर कोरियाबाट भागेर आएका सबैसंग बयान लिने काम गर्दै आएको छ । यस निकायले आफुले अहिले सम्म जोसंग सम्पर्क गर्न नसकेको पनि जनाएको छ ।

जोसंगै उनकी पत्नी पनि रहेको विशवास गरिएको छ । यता इटालीको विदेश मन्त्रालयले भने जोले शरणार्थी बन्न अनुरोध गरेको अभिलेख आफुसंग नभएके स्पष्ट पारेको छ । यसैबीच दक्षिण कोरियाली अखवार जुँगआाग इल्वोले एउटा कुटनीतिक सुत्रलाई उदरित गर्दै जो आफ्नो परिवारसंगै सुरक्षित स्थानमा रहेको उल्लेख गरेको छ ।