चिनिया रोबोटयुक्त यान चन्द्रमामा अवतरित


बेइजिंग,(एजेन्सी)
चीनले विहिवार एउटा रोबोटयुक्त अन्तरिक्ष यान अन्तत चन्द«माको ढाडाको जटिल क्षेत्रमा अवतरण गराउन सफल भएके जनाएको छ । यो चीनको अहिले सममकै सबैभन्दा ठूलो र पहिलो अन्तरिक्ष सफलता मानिएको छ ।

चीनको स्थानिय समय अनुसार बिहान १० बजेर २६ मिनेट जाँदा मानव रहित चांग ए – ४ नामक सो यान चन्द«माको दक्षिणी गोलार्धको आइतकेन खाल्डोमा अवतरण भएको चिनिया सरकारी समाचार निकाय सिन्ह्वाले जनाएको छ ।
यस यानले चन्द«मामा भौगर्भिक र जैविक प्रयोगहरु गर्नका लागि आवशइक उपकरणहरु पनि साथमा लगेको छ । यस सफल अवतरणलाई अन्तरिष अन्वेषणको अकोृ महत्वपुर्ण कोशेढुँगाको रुपमा हेरिएको छ । केहि वर्ष यता चीन लगायत अन्य ुमुलुकहरुले पनि चन्द«मामा थुप्रै अभियान गरिसकेका छन् ।
सन् १९७२ मा पछिल्लो पटक मानव सहितको अपोल्लो १७ अन्तरिक्ष यान चन्द«मामा अवतरण गरिएको थियो । चांग ए – ४ ले यसअघि नै पृथ्वी पठाएका तस्वीरहरु सरकारी संचार माध्यमले सार्वजनिक गरिसकेको छ ।