प्रभु इन्स्योरेन्स र चिरायू नेसनल हस्पिटलबीच सम्झौता

0
Shares

काठमाडौं, (नेस)
प्रभु इन्स्योरेन्स र चिरायँ नेसनल हस्पिटल एन्ड मेडिकल इन्स्टिच्युट प्रालिबीच नगदरहित सेवा सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा प्रभु इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सञ्चित बज्राचार्यले तथा चिरायँ नेसनल हस्पिटल एन्ड मेडिकल इन्स्टिच्युट प्रालिको तर्फबाट हस्पिटल डाइरेक्टर सञ्जिव राजभण्डारीले हस्ताक्षर गर्नुभयो ।

सम्झौता अनुसार प्रभु इन्स्योरेन्सबाट औषधोपचार बीमा गराउने ग्राहकले चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल इन्स्टिच्युट प्रालिमा भर्ना भई औषधोपचार गराउँदा साथमा नगद नभएता पनि बीमा लेखको सिमासम्म नगद रहित सुविधा प्राप्त गर्न सक्नेछन् ।