जगदम्बा स्टिल्स् तथा रिद्धि सिद्धि सिमेन्टद्वारा भक्तपुरमा टेक्निकल मिट सम्पन्न

0
Shares

काठमाडौं, (नेस)
शंकर गु्रपको भगिनी संस्था जगदम्बा स्टिल्स्ले नेपाली बजारमा ग्यारेटेड लचकता सहितको एफई ५०० डी ग्रेड राइनो फलामे छडको निर्माणमा पारंगत हासिल गरेको छ । आफ्नो उत्पादनका बारेमा प्राविधिक ज्ञान प्रदान गर्ने सोचका साथ कम्पनीले विभिन्न स्थानमा टेक्निकल मिट (प्राविधिक सम्मेलन) को आयोजना गर्दै आएको छ ।

काठमाडौंको विभिन्न स्थानमा टेक्निकल मिट सम्पन्न गरिसकेको कम्पनीले हालै भक्तपुरमा एफई ५०० डीमा केन्द्रित रही फलामे छड सम्बन्धी टेक्निकल मिटको आयोजना गरेको छ । निर्माण कार्यमा प्राविधिक रुपमा संलग्न सम्पँर्ण निर्माणकर्मीलाई फलामे छडको उचित प्रयोग तथा राइनो ५०० डी को विशेषता सम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको हो ।

निर्माणकर्मी तथा निर्माण व्यवसायीहरुको सहभागिता रहेको उक्त कार्यक्रम जगदम्बा स्टिल्स् तथा रिद्धि सिद्धि सिमेन्ट प्रालिका आनन्द नेपालले निर्माणकर्मीहरु माझ फलामे छडको उपयोगिता, यसको उचित प्रयोग तथा ंराइनो ५०० डी को विशेषता एवम् गुणस्तरबारे जानकारी दिनुभएको थियो ।
उहाँले कम्पनीको अर्को ट उत्पादन रिद्धि सिद्धि सिमेन्टको बारेमा पनि केही जानकारी प्रस्तुत गर्नुभएको थियो ।