नेपाल समाचारपत्र, काठमाडौं ।
काठमाडौं विशेष अदालतले ‘अकुत सम्पत्ति’ आर्जनको अभियोगसहित मुद्दा चलाइएका सशस्त्र प्रहरी बलका पूर्वएआइजी ऋषभदेव भट्टराईले ६९ लाख ८७ हजार रुपैयाँ भ्रष्टाचमार गरेको ठहर गरेको छ।
अदालतले भट्टराईलाई ९ महिना जेल सजाय तोकिएको छ। विशेष अदालतका न्यायाधीश चण्डीराज ढकाल, प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले उक्त फैसला सुनाएको हो। भट्टराई प्रहरी सेवाबाट अवकासपछि नयाँ शक्ति पार्टीका नेतासमेत रहेका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराईको सम्पत्तिको स्रोत पुष्टी नभएको दाबीसहित २०७३ मंसिरमा अकुतसम्बन्धी मुद्दा दायर गरेको थियो।
अख्तियारले भट्टराईको कुल तीन करोड १७ लाख ६७ हजार एक सय ३७ रुपैयाँ बराबरको सम्पत्ति मूल्यांकन गरेको थियो। सम्पत्तिमध्ये एक करोड २१ लाख ४९ हजार ६ सय ५६ रुपैयाँ बराबर सम्पत्तिको वैध स्रोत पुष्टी नभएको दाबी अख्तियारको थियो।











प्रतिक्रिया