नेपाल समाचारपत्र, काठमाडौं ।
चन्द्रागिरि ११ सतुंगलमा कपास एक फ्याक्ट्रीमा आगलागी भएको छ । सतुंगलमा रहेको कपडा पेल्ने फ्याक्ट्रीमा आगलागी भएको हो ।
आगलागीको कारण खुल्न सकेको छैन भने आगलागीले नजिकका घरमा समेत क्षति पुगेको छ ।
फ्याक्ट्रीबाट आगलागी सुरु भएको भए पनि कारण भने पत्ता लाग्न सकेको छैन ।
अहिले दमकलले आगो निभाउने प्रयास जारी रहेको छ । आगो निभाउन नेपाल प्रहरी, शशत्र प्रहरी, नेपाली सेनाको दमक सवै दमकल प्रयोगमा ल्याउदा समेत आगो अझै नियन्त्रण आउन सकेको छैन । आगो नियन्त्रणका लागि ५ सय भन्दा बढि सुरक्षाकर्मी परिचालित छन ।
साँझ ६ वजे देखि सुरु भएको आगो अझै फैलिएको प्रहरीले जानकारी दिएको छ ।












प्रतिक्रिया