वाइडबडी खरिद प्रकरणः सरकारले गर्यो छानविन आयोग गठन

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
वाइडबडी विमान खरिदमा भएको भनिएको अनियमितता छानविन गर्न सरकारले छानविन आयोग गठन गरेको छ। मन्त्रीपरिषद्ले पूर्व मुख्य न्यायाधीश गोविन्दप्रसाद पराजुलीको संयोजकत्वमा ३ सदस्यीय छानविन आयोग गठन गरेको हो।

पराजुली नेतृत्वको आयोगमा पूर्व नायव महान्यायाधिबक्ता नरेन्द्रप्रसाद पाठक र चार्टर्ड एकाउन्टेन्ट मदन शर्मा सदस्य रहेका छन्। जाँचबुझ ऐन २०२६ अनुसार गठन गरिएको छानविन आयोगलाई माघ मसान्तरभित्र प्रतिवेदन पेश गर्न दिर्देशन दिइएको छ ।

नेपाली कांग्रेसले नेतृत्व पाएको सार्वजनिक लेखा समिति र त्यस अन्तर्गतको उपसमितिले बहालवाला पर्यटनमन्त्रीलाई समेत खरिद–अनियमिततामा संलग्न रहेको प्रतिवेदन दिएपछि सत्यतथ्य छानविन गर्न सरकारले आयोग गठन गरेको हो।

विहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवंम सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले आवस्यक परे छानविन समिति गठन गर्न सकिने बताएका थिए।