‘श्रेष्ठको हत्यामा भारतीयको संलग्नता’

14
Shares

दीपेन्द्र गजुरेल
स्पेन, म्याड्रिड ।
पोल्यान्डमा व्यावसाय गदै आएका ईश्वर श्रेष्ठको हत्या आफ्नै रेष्टुरेन्टका कामदारले गरेको पुष्टी भएको छ । पोखराका श्रेष्ठको हत्यामा दुई भारतीयको संलग्नता रहेको वार्सा प्रहरीले जनाएको छ ।

गत शनिवार अवेरसम्म आफ्नै रेष्टुरेन्टमा काम गरेका श्रेष्ठ आइतवार आफ्नै कारभित्र मृत्त अवस्थामा फेला परेका थिए । आफ्नै रेष्टुरेन्टमा काम गर्ने दुई भारतीयले श्रेष्ठको हत्या गरेको पुष्टि गदै वार्सा प्रहरीले थप अनुसन्धान अघि बढाएको प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष टंक कटवालले बताए ।

हत्यामा २८ र २७ वर्षका भारतीय संलग्न रहेका पोल्यान्ड प्रहरीको भनाई उद्धृत गर्दै कटवालले भने–‘हत्यामा संलग्नहरुलाई आवश्यक अनुसन्धानका लागि तीन जेल चलान गरिएको छ, अपराधमा संलग्नहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । श्रेष्ठले विगत चारवर्षदेखि आफ्नै स्वामित्वको ‘एभरेष्ट लन्च एण्ड बार रेष्टुरेन्ट’ सञ्चालन गर्दै आएका थिए । रेष्टुरेन्टदेखि करिव एक किमी दुरीमा रहेको आफ्नै निलो रङको डब्लुइ ८७४ एसएम नम्बरको कारको सिटमा श्रेष्ठ मृत्त भेटिएका थिए ।

हाल थप अनुसन्धान रहेका भारतीयलाई अदालतमा पेश गरेपछि उनीहरुले नै हत्या गरेको प्रमाणित भएमा अपराधको प्रकृति अनुसार ८ देखि २५ वर्ष सम्म सजाय हुने बताइएको छ ।