काठमाडौं ।
वाइडबडी विमान खरिद प्रकरणमा अन्तर्राष्ट्रिय सम्बन्ध समिति र लेखा समितिले छानविन गर्दै आए पनि आवश्यक परे नेपाल सरकार आफैले छानबिन समिति बनाउने सरकारका प्रवक्ता गोकुल बास्कोटाले बताएका छन्।
लेखाको उपसमितीले बुधबार प्रतिवेदन सार्वजनिक गर्दै वाइडबडी खरिद प्रक्रियामा पर्यटनमन्त्री रवीन्द्र अधिकारी र पूर्व मन्त्री जीवनबहादुर शाही र जीतेन्द्र देवपनि दोषी ठहर गरेको थियो।
बिहीबार मन्त्रीपरिषद्का निर्णयहरु सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले लेखा उपसमितिले प्रतिवेदन लेखा समितिलाई बुझाउनु पर्नेमा सिधैँ पत्रकार सम्मेलन गरेकोमा आपत्ति जनाए।
उनले उपसमितिको सिफारिस अन्तिम फैसला नभएकाले त्यसमा आवश्यक भएमा सरकारले थप छानविन गर्ने बताए। वाइडबडी विमान खरिदमा भएको भष्टाचारमा अन्तिम निर्णय सार्वजनिक नगरिएसम्म कसैलाई पनि दोषरोपण गर्नै नहुने उनले बताएका छन्











प्रतिक्रिया