नेपाल समाचारपत्र काठमाडौं ।
कैलाली १ बाट निर्वाचित सांसद् रेशम चौधरीले आज सपथ लिने भएका छन् । उनी टीकापुर घटनाका मुख्य अभियुक्त भएको अभियोगमा पुर्पक्षका लागि थुनामा बस्दै आएका छन् ।
सांसद् चौधरीलाई आज साढे ११ बजे सभामुख कृष्णबहादुर महराले सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सपथ ग्रहण गराउँदै हुनुहुन्छ ।
स्रोतका अनुसार चौधरीले सपथ लिए पनि उनी संसद भवन भने जान पाउने छैनन् । उनलाई सांसद पदको सपथ खुवाइसकेपछि पुनः थुनामै लगिनेछ ।
चौधरीविरुद्ध जिल्ला अदालत कैलालीमा टीकापुर घटनाको मुख्य अभियुक्तका रुपमा मुद्दा परेपछि उनि फरार भएका थिए । फरार अवस्थामै उनले चुनाव लडेका थिए ।
चौधरी हाल डिल्लीबजार कारागारमा छन् ।











प्रतिक्रिया