प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने

0
Shares

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संघीय संसदको प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका छन् । सरकारका पछिल्ला प्रगति र राजनीतिक समसामयिक विषयबारे उनले संसदलाइ जानकारी गराउने बताइएको छ।

दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने कार्यतालिका रहेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार संसदमा प्रम ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध उठाएका सवालको पनि जवाफ दिनेछन् । प्रतिपक्षीले पछिल्लो समय सरकार कमजोर भएको र भ्रष्टाचार, अपराध बढेको आरोप लगाउँदै आएको छ । स्वय‌ं प्रधानमन्त्रीकै दलका नेताहरुले पनि सरकारको कार्यशैली ठीक नरहेको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् ।