पेट्रोलको मूल्यमा २ रुपैयाँ घट्यो

0
Shares

काठमाडौं(नेस)
नेपाल आयल निगमले पेट्रोल,डिजेल र मट्टितेमा बुधबार राति १२ बजेबाट लागु हुने गरी २ रुपियाँ घटाएको छ ।

निगमले स्वचालित मँल्य प्रणालीद्धारा मँल्य घटाई समायोजन गरेको निगमका प्रवक्ता वीरेन्द्र गोहीते जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ छ । नयाँ खुद्रा विक्री मँल्य प्रतिलिटर पेट्रोल १ सय ८,डिजेल र मट्टितेल ९५ रुपियाँ कायम गरिएको छ ।

अन्र्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मँल्यमा पुन कमी आएको र अमेरिकी डलरसँग नेपाली मँद्रा पनि केही बलियो भएको कारणले गर्दा स्वचालीत प्रणली बमोजिम पेट्रोल र डिजेलरमट्टितेलको मँल्य समायोजन गरिएको निगमको भनाई छ ।
समायोजन पश्चात् भारतको रक्सौल भन्दा नेपालको वीरगंज तर्फको सिमा मा प्रतिलिटर पेट्रोल १० रुपियाँ ४१ पैसा डिजेल १२ रुपियाँ ३८ पैसा . नेपाल तर्फ नै अझै सस्तो रहेको छ ।

चालु आर्थिक वर्षका विगतका केही महिनाहरुको अन्र्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मँल्य उच्चतम विन्दुमा पुगी निगमलाई अत्याधिक घाटा भई पछिल्लो पन्ध्र दिनको नाफा समेत मिलाउदाँ अझै करिब २ अर्ब ३७ करोड रुपियाँ घाटा पँर्ति हुन बाँकी रहेको छ ।

जनाएको छ । नयाँ मँल्य अनुसार साविकको मँल्यमा २ रुपियाँ प्रति लिटर घटाई समायोजन गरे पश्चात् पेट्रोल, डिजेल , मत्तितेल र हवाई इन्धन मा नाफा छ भने एल.पि. ग्याँसमा अझै प्रति सिलिण्डर ८० रुपियाँ ६९ पैसा घाटा रहेको निगमले जनाएको छ ।