घाटामा गएकोले चिनी उद्योग सञ्चालन गर्न सकिन्नः चिनी उद्योगी

0
Shares

काठमाडौं(नेस)
चिनी उद्योगीहरुले अत्याधिक घाटामा गएकाले चिनी उद्योग सञ्चालन गर्न नसकिएको स्पष्टिकरण दिएका छन् । नेपाल चिनी उद्योग महासंघका अध्यक्ष शशिकान्त अग्रवालले अत्याधिक घाटामा गएकाले चिनी उद्योग सञ्चालन गर्न सकिने अवस्था नरहेको प्रष्टयाउनुभयो ।

बुधबार संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उहाँले चिनीको यथार्थपरक मँल्य नतोक्ने हो भने उखु कृषकहरुको बक्यौता रकम तीर्न नसक्ने पनि स्पष्ट पार्नुभयो । उखु किसानहरुको बक्यौता रकम तीर्न संसदीय समितिले पटक–पटक चिनी उद्योगहहरुलाई सचेत गराउँदै आएको छ । तर महासंघका अध्यक्ष अग्रवालले चिनी घाटामा बिक्री गर्नु परेकाले किसानहरुको बक्यौता रकम दिन नसकिने बताउनुभयो ।

सरकारले प्रतिकेजी चिनीको मँल्य ५५ रुपैयाँ तोकिदिएको छ । अध्यक्ष अग्रवालले सोही मँल्यमा चिनी बिक्री गर्दा आफँहरु मारमा परेको पनि स्पष्ट पार्नुभयो । उहाँले प्रतिकेजी चिनीको उत्पादन लागत नै ५५ रुपैयाँ भन्दा बढी पर्न जाने भन्दै तत्काल चिनीको मँल्य यथार्थपरक बनाउन पनि सरकारसँग माग गर्नुभयो ।

महासंघले चिनीको वैज्ञानिक मँल्य निर्धारण गर्न स्थलगत अध्ययनमा जान पनि समितिलाई आग्रह गरेको छ । अध्यक्ष अग्रवालले चिनीको मँल्यमा पुनर्विचार नभए यसको उद्योग सञ्चालन गर्न नसकिने पनि स्पष्ट पार्नुभयो ।