चिनी उद्योग सञ्चालन गर्न मन्त्री यादवको आग्रह

0
Shares

काठमाडौं(नेस)
उद्योग, वाणिज्य तथा आपँर्ति मन्त्री मातृकाप्रसाद यादवले चिनी उद्योग सञ्चालनका लागि उद्योगीहरुलाई आग्रह गर्नुभएको छ ।
मन्त्री यादवले चिनी उद्योग सञ्चालनका लागि चिनी व्यवसायीहरुसँग आवश्यक छलफल गर्न सरकार तयार रहेको पनि स्पष्ट पार्नुभयो ।

बुधबार संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उहाँले चिनीको मँल्य बढाउने र उपभोक्तालाई मारमा पार्ने काम गरिरहेको भन्दै चिनी उद्योगीहरुप्रति असन्तुष्टि पनि व्यक्त गर्नुभयो । चिनी उद्योगीहरुले घाटामा जानुपरेको भन्दै पँर्वका चिनी उद्योगहरु बन्द गराएका छन् । चिनीको मँल्य जथाभावी बढाउने अनि त्यसो नगर्न भन्दा चिनी उद्योगीहरुले चिनी उद्योग बन्द गराएको मन्त्री यादवको आरोप छ ।

मन्त्री यादवले चिनी र उखुको मँल्य २ दिनभित्र तोक्ने तयारी भईरहेको पनि समितिलाई जानकारी गराउनुभयो । उहाँले उद्योगीहरुकै सल्लाहमा प्रधानमन्त्री केपी शर्मा ओलीले चिनीको आयातमा प्रतिबन्ध लगाएको पनि स्मरण गराउनुभयो ।