अर्जुन बोहरा, सिमकोट
बुधबार अपरान्ह साढे ४ बजे देखि हुम्लामा हिंपात हुँदा हुम्लाको जनजिवन कष्टकर बनेको छ । विहान बाट मौस बदलिई भई अपरान्ह ४ बजेबाट जिल्लाका उतरी साविकका गाविसका लिमी मुचु खगालगाउँ स्याँडा हेप्क्का र बरगाउँ सिमकोट लगायतका गाउँपालिकाहरुमा हिंपात भएको छ । हिंपात हुम्लाको उतरी साविक गाविसका लिमी, मुचु, खगालगाउँ, स्याँडा हेप्क्का र बरगाउँ सिमकोट लगायतका गाउँहरुमा हिंपात भएको छ ।
विहान देखि एकासी चिसो बढदा घर भित्रबाट निस्कन समेत समस्या परेको हो । यस बर्षमा ढिलै भए पनि पुस महिनाको अन्तिम सता भित्र हिंपात भएको छ । चिसोले सरकारी–गैरसरकारी कार्यलय सिमकोट बजारमा रहेका पसले अधिकांस गाउँमा जाडो बाट बाँच्न, बिजुली बाट हिटर ,आगो बालेर तापिरहेका छन ।
। हुम्लाका अधिकाँस गाउँमा हिमपातले गर्दा चिसो बढेको छ । अहिले हुम्लामा हिंपात शुरु हँदा एसइइ परिक्षा दिने विद्यार्थी अध्यापनमा समेत प्रभावित बनाएको छ । हिमाली भेकमा रहेको गाउँपालिकामा रहेका विद्यालयहरुमा टिउसन कक्षा संचालन गर्न समेत समस्या भएको मानसरवर माविका शिक्षक अमर बहादुर शाहीले बताए । उतरी गाउँपालिकामा भारि हिंपात हँदा नाम्खा गाउँपालिको लिमी,जाँगा,हल्जी र तिल गाउँ भने सदरमुकाम सिमकोट सम्म आउन विछेद बनाएको छ । उता हिंपात हुँदा किसानहरु भने निकै खुशि देखिएका छन । हिंपात हुँदा घर भित्रबाट निस्कन समेत समस्या परेको छ ।
हिंपातले जिल्ला भरिका गाउँपालिकाहरुका गाउँहरु अबरुद्ध बनाएको छ भने किसानहरु भने निकै खुशि देखिएका छन । हिमपातले खेतबारीमा लगाएको जेठासी बाली सप्रने आशामा हुम्लाका कृषक खुशि देखिन्छन । चिसोका कारण हुम्लाको हिमाली क्षेत्रको जनजिवन प्रभाबित बनेको छ । साविकका कर्णालीेका ५ वटै हिमाली जिल्ल हुम्ला मुगु डोल्पा कालिकोटर बाजुर लगायतका जिल्लमा चिसो बढेपछि जिल्लाका उच्च हिमाली बस्तीको जनजीवन प्रभावित बनेको हो । चिसोका कारण स्थानीय स्वास्थ्य संस्थाहरुमा रुघाखोकीका बिरामीहरुको संख्या समेत बढेको बताइएको छ ।
चिसोबाट बच्न स्थानीयले यसअघि जंगलबाट ल्याएर राखेका दाउराबाट आगो बालेर ताप्ने गरेको सिमकोट गाउँपालिका २का हुनी बोहराले बताए । हिमपात नहुँदै यति चिसो बढेको र हिमपात भएपछि चिसो बढ्ने चिन्तामा स्थानीय रहेका छन् । सिमकोटको तापक्रम माइनस १३ पुगेको छ ।











प्रतिक्रिया