शालिकराम चालिसे, नुवाकोट
विदुर नगरपालिका–११ का वडाअध्यक्ष तोयानाथ तिमिल्सिनाले गेर्खुमा एकै व्यक्तिको नाममा तीनपटकसम्म सामाजिक सुरक्षा भत्ता वितरण निकासा गरेको तथ्य खुलेको छ । महालेखाको कार्यालयले विदुर नगरपालिका–११ को नाममा २४ हजार रुपियाँ बेरुजु देखाएसँगै वडाअध्यक्ष झस्किएका छन् ।
तिमिल्सिनाले वडा नं ११ गेर्खुका बालकुमारी प्याकुरेल नाम गरेकी वृद्धाको नाममा तीनपटक र समरवहादुर श्रेष्ठको नाममा २ पटकसम्म आर्थिक वर्ष २०७४÷७५ को पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गरेको महालेखा कार्यलयको तथ्याङकमा उल्लेख गरिएको छ ।
बालकुमारी प्याकुरेलको नाममा ३ पटकसम्म वितरण गरिएको सामाजिक सुरक्षा भत्तामा नागरिकता नंम्बर २५६४ र जन्म मिति २००२ साल जेष्ठ १५ गते उल्लेख गरिएको छ । त्यस्तै २ पटकसम्म समरबहादुर श्रेष्ठको नाममा निकासा गरिएको नाममा नागरिकता नंम्बर १७१२ र जन्म मिति २००३ साल असोज १४ उल्लेख गरिएको छ ।
२ पटकसम्म सामाजिक सुरक्षा भत्ता निकासा गरिएका समरवहादुर श्रेष्ठले आफुले सामाजिक सुरक्षा भत्ता २ पटक नलिएको बताए । उनले आफुले ८ हजार रुपैयाँ मात्र बुझेको आफुलाई थाहा नभएको र त्यसको बारेमा स्वयम वडाअध्यक्ष तोयानाथ तिमिल्सीनालाई सोध्न आग्रह गरे । श्रेष्ठले वृद्धअवस्थामा आएर आफु झुट नबोल्ने भन्दै यसवषियमा आफु अनविज्ञ रहेको बताए ।
वडा कार्यलयले गत आर्थिक वर्षमा बालकुमारी प्याकुरेलको नाममा नै तिनपटक वृद्धाभत्ता समेत वितरण गरिएको पाइए पनि गाउँमा बालकुमारी नामकी एक वृद्ध भेटिए पनि उनको र भत्ता वितरण गरिएकी बालकुमारीको नागरिकता नंम्बर र जन्म मिति समेत फरक देखिएको छ । भेटिएकी बालकुमारीले वृद्ध भत्ता नियमित पाइरहको बताइन ।
यस विषयमा वडाअध्यक्ष तोयानाथ तिमल्सीनाले भने अनविज्ञता प्रकट गरेका छन । तिमिल्सीनाले आफुलाई सो बारेमा जानकारी नभएको र नगरपालिकाले वेरुजुबारे औपचारिुक पत्र काटे आफुले वेरुजु आएको रकम फिर्ता गर्ने लाचार जवाफ दिएका छन । गेर्खुका वडाअध्यक्ष तिमिल्सीना गत वर्ष आफै र केही सहयोगीमार्फते सामाजिक सुरक्षा वितरण गरेका थिए । यसवर्षदेखि सामाजिक सुरक्षा भत्ता वितरणलाई पारदर्शी बनाउन विदुर नगरपालिकाले सबै भुक्तानी बेकमार्फत दिने व्यवस्था मिलाएको छ ।











प्रतिक्रिया