काठमाडौ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी र नागरीकको सहकार्यले नै प्रहरीले प्रदान गर्ने सेवा तथा सुरक्षालाई थप मजबुत बनाउन सकिने बताउनु भएको छ ।
महानगरीय प्रहरी प्रभाग, बालकोट भक्तपुरको नव निर्मित कार्यालय भवनको बुधबार उदघाटन गर्दै प्रहरी नायव महानिरीक्षक थापा क्षेत्रीले उक्त कुरा बताउनु भएको हो ।
प्रहरीले गरेका ९० प्रतिशत सफलता बाहिर नआउने तर प्रहरीको एउटा गल्तीले नै समग्र प्रहरी संगठनको मुल्याकन गर्ने परीपाटीको अन्त्य गर्दै प्रहरीले गरेका राम्रो कामहरूलाई पनि समाजले मुल्याकन गर्नु पर्ने बताउनु भयो ।
प्रहरीले भौतिक स्रोत साधनको अभावको बाबजुद शान्ति सुरक्षा प्रदान गर्दै राज्यले सुम्पेको जिम्मेवारी निर्वाह गरेको चर्चा गर्नु भयो । सो अबसरमा जिम्मेवारी निर्वाह गर्ने क्रममा स–सना गल्तीहरू पनि नगरी नया भबनबाट अझ उत्कृष्ट सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनु भयो ।
महानगरीय प्रहरी वृत्त ठिमि भक्तपुरका प्रमुख प्रहरी नायब उपरीक्षक मिलन केसीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको उक्त कार्यक्रममा प्रा. प्रहरी नायब उपरीक्षक ईश्वर थापाले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुहुदै उक्त भवन २ करोड २६ लाख २६ हजार ४९ रूपैया ५७ पैसामा निर्माण कार्य सम्पन्न गरेको जानकारी गराउनु भएको थियोे ।











प्रतिक्रिया