काठमाठौं (नेस)
नेपाली काग्रेसका सभापति एवं संसदीय दलका नेता शेरवहादुर देउवाले चारजना सांसलाई संसदीय दलको कार्यसमिति सदस्य पदमा मनोनित गर्नुभएको छ ।
देउवाका नीजि सचिव केशवराज जोशीले जानकारी दिए अनुसार सभापति देउवाले सांसद उमेश श्रेष्ठ, डा. डिला संग्रौला पन्त, देवप्रसाद तिमल्सिना र पार्वता डिसी चौधरीलाई संसदीय दलको कार्यसमिति सदस्य पदमा मनोनित गर्नुभएको हो ।
यसअघि संसदीय दलको नेता देउवाले उपनेतामा विजयकुमार गच्छदारलाई मनोनित गर्नु भएको थियो ।











प्रतिक्रिया