काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज (बुधबार) झापाको गौरादहस्थित नमुना कृषि परियोजनाको अवलोकन गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले गौरादह नगरपालिका–५ स्थित महारानीझोडा महिला कृषि सहकारी संस्थामा आबद्ध साना किसानद्वारा प्रवद्र्धित एक सय बिघा जग्गामा सञ्चालित नमुना कृषि परियोजनाको अवलोकन गरेकी हुन् ।
परियोजना स्थलमा गहुँ, मकै र कोदो खेती लगाइएको छ । राष्ट्रपति भण्डारीले परियोजनाको हेलिकोप्टरबाट हवाई अवलोकन गरेकी हुन् ।
परियोजना स्थलमा राष्ट्रपति भण्डारीलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, गौरादह नगरपालिकाका नगर प्रमुख रोहितकुमार साह, साना किसान बैंकका महाप्रबन्धक कृष्णप्रसाद लामिछानेलगायतले स्वागत गरेका थिए ।
राष्ट्रपति भण्डारीले आजै झापाको शिवसताक्षी नगरपालिका–४ स्थित चन्द्रडाँगी कृषि फार्मको समेत अवलोकन गर्ने कार्यक्रम छ । कृषि फार्म चौरासी बिघा क्षेत्रफलमा फैलिएको छ । फार्मलाई कृषि विश्वविद्यालय बनाउने पहल भइरहेका बेला राष्ट्रपति भण्डारी अवलोकन गर्न आउने खबरले स्थानीयवासी उत्साहित बनेको कृषि फार्म सञ्चालक समितिका पूर्वअध्यक्ष ढुण्डीराज गुरागाईंले बताए ।











प्रतिक्रिया