४ ठाँउको दुर्घटनामा ५ जनाको मृत्यु

0
Shares

काठमाडौं ।
काठमाडौं, रौतहट, धनुषा र बाग्लुङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।
काठमाडौं चन्द्रागिरी नगरपालिका(१५ ढुङ्गेअड्डास्थित सडकमा ना।३ ख २४१ नम्बरको कन्टेनर ट्रकले बा।७६ प ४५३६ नम्बरको मोटरसाइकललाई मंगलबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक नैकाप घर भएका २४ वर्षीय गिभसन अधिकारीको शिक्षण अस्पताल महाराजगंजमा मृत्यु भएको छ । ट्रकका चालक र सहचालकलाई प्रहरीले पक्राउ गरेको छ ।

रौतहट यमुनामाई गाउँपालिका(३ हजमिनिया चोकस्थित सडकमा बिआर ०५ क्यु १६३२ नम्बरको मोटरसाइकलले मंगलबार दिउसो बाटो पार गर्ने क्रममा ठक्कर दिँदा गम्भीर घाइते भएका पैदलयात्री रौतहट राजपुर नगरपालिका(२ बस्ने ४५ वर्षिय सकातुन खातुनको जिल्ला अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकल चालक रौतहट यमुनामाई गाउँपालिका(३ मलिया टोल बस्ने २१ वर्षीय शेख जाबिरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी रौतहट फतुवाबिजयपुर नगरपालिका(१० दुधिहवामा ना।३ त १५७२ नम्बरको ट्याक्टरबाट खसेर मंगलबार दिउसो गम्भीर घाइते भएका सोही ठाउँस्थित सेढुभटुवा बस्ने २१ वर्षीय मनोजराय यादवको नेशनल मेडिकल कलेज बीरगंजमा उपचारको क्रममा मृत्यु भएको छ । टयाक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनुषा हंशपुर नगरपालिका(४ नरैयाटोलमा ज।११ प ८१८८ नम्बरको मोटरसाइकल मंगलबार साँझ आफै अनियन्त्रीत भई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक धनुषा सहिदनगर नगरपालिका(६ बस्ने २८ वर्षीय बिनोद मण्डललाई उपचारको लागि जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।

बाग्लुङ, बाग्लुङ नगरपालिका(१ रामरेखामा ध।१ प ७३१० नम्बरको मोटरसाइकल मंगलबार साँझ आफै अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही ठाउँस्थित अमलाचौर बस्ने ३३ वर्षीय बिमल हमालको अञ्चल अस्पताल धौलागिरीमा उपचारको क्रममा मृत्यु भएको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले उद्दार एवम् आवश्यक अनुसन्धान गरिरहेको छ ।