नयाँ वर्षको सम्वोधनको क्रममा किमको चेतावनी


सोल,(एजेन्सी)
उत्तर कोरियाका सर्वोच्च नेता किम जोंग उनले मंगलवार आफु आणविक हातहतियार निशस्त्रीकरणका लागि प्रतिवद्ध रहेको तर यदि संयुक्त राज्य अमेरिकाले निरन्तर आफ्नो मुलुक माथि नकावन्दि लगाउँदै गएको खण्डमा आफुले दिशा परिवर्तन् गर्न सक्ने चेतावनी दिएका छन् ।

नयाँ वर्षको उपलक्षमा राष्ट्रको नाममा गरिएको वार्षिक सम्वोधनको क्रममा उनले सो प्रतिक्रिया व्यक्त गरेका हुन् । गत वर्ष यस्तै सम्वोधनमा किमले अमेरिका र दक्षिण कोरियासंग अनपेक्षित अन्तर्राष्ट्रिय कुटनीतिलाई अघि बढाउने ऐतिहासिक घोषणा गरेका थिए ।

सन् २०१८ को जुन १२ मा सिंगापुरमा किम रअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच निशस्त्रीकरणको बारेका व्यापक छलफल भएको थियो । तर सोवार्ताके अहिले सम्म थोरै मात्र परिणाम बाहिरिएको छ ।

सन् २०१७ मा उत्तर कोरियाले अमेरिकाको मुख्य भुमिसम्म पुग्ने अन्तर महादेसिय क्षेपयस्त्र परिक्ष्ण गरी विश्वमै निकै सन्त्रासपुर्ण वातावरण सिर्जना गरेको थियो । त्यसपछि वासिंगटन र प्योंगयाँगबीच आपसी आरोप प्रत्यारोप र आणविक आक्रमण गर्ने धम्की चरेको थियो ।

किमले कम्युनिस्ट राष्ट्र उत्तर कोरियाका संस्थापक आफ्ना हजुरबुबा किम इल सुंगको परम्परालाई अघि सार्दै नयाँ वर्षके अवसरमा विशेष सम्वोधन गरेका हुन् । उत्तर कोरियाली जनतामाथि विशेष केन्दि«त रहेको किमको भाषणमा विगत वर्षमा जस्तै अर्थतन्त्रलाई पनि निक ैमहत्व दिइएको छ ।

मंगलवार विहान सवेरै सरकारी टेलिभिजनबाट प्रशारित सो सम्बोधनमा किमले भनेका छन् , ‘ यदि अमेरिकाले दुिनयाँ सामु वाचा गरे अनुसार काम नगरी नाकावन्दिको अडान लिएर उत्तर कोरियामाथि दवाव दिइनै रहेको खण्डमा हामीले आफ्नो सार्वभौम र हितको जगेर्नाकका लागि अर्को नयाँ बाटो अपनाउनेबारे सोचन बाध्य हुनेछौं ।