स्ट्रिक्स प्रोफेसनलको मेरिगोल्ड कलेक्सन प्रदर्शनी

0
Shares

काठमाडौं, (नेस)

प्रिमियम हेयर प्रोडक्ट ब्रान्ड स्ट्रिक्स प्रोफेसनलले नेपालमा पहिलोपटक मेगा हेयर शो ‘हेयर एन्ड बियोण्ड’ कार्यक्रम आयोजना गरेको छ ।
उक्त कार्यक्रमले इच्छुक तथा सहभागी हेयर स्टाइलिस्टहरुलाई कटिङ, कलरिङ र स्टाइलिङको क्षेत्रमा प्रेरणा प्रदान गरेको छ । त्यसक्रममा स्ट्रिक्स प्रोफेसनलका टेक्निकल हेड जावेद हबिब र एग्नस चेनले हेयर कटिङ, कलरिङ र स्टाईलिङका बारेमा नवीनतम ट्रेन्ड र प्रविधि सम्बन्धी जानकारी दिएका थिए ।

स्ट्रिक्स प्रोफेसनलको स्प्रिङ समर कलेक्सनको रुपमा प्रस्तुत मेरिगोल्डमा हेयर स्टाइलिङका लागि चाहिने आकर्षक चमक र सुन्दरता थपिएको छ । विवाह र पार्टीको समय व्यक्तित्वमा बढी निखार ल्याउन प्रायोजनसहित गोल्डेन, कपर र ब्लोन्डको शेडहरुमा उपलब्ध मेरिगोल्ड कलेक्सनले उक्त प्रदर्शनी गरेका हुन् ।

मेगा हेयर शोको अवसरमा स्ट्रिक्स प्रोफेसनलले नेपाली बजारमा कपाल स्ट्रेट गर्नेका साथै कपाललाई मुलायम र चम्किलो बनाउने स्ट्रेटनिङ सोलुसन क्यान्भो लाइनसमेत लन्च गरेको छ । उक्त कार्यक्रममा स्ट्रिक्स प्रोफेसनलका लागि नेपालका सुपरमोडल आस्था पोखरेल र अमित रञ्जनले ¥याम्प वाक गरेका थिए ।