प्रभु इन्स्योरेन्स र सिन्धु विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता

0
Shares

काठमाडौं, (नेस)
प्रभु इन्स्योरेन्स र सिन्धु विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद जोशी र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सञ्चित बज्रचार्यले हस्ताक्षर गर्नुभयो ।

यस सम्झौताबाट सिन्धु विकास बैंकका ग्राहकले प्रभु इन्स्योरेन्सका बीमा लेखहरु लिन, बीमा शुल्क भुक्तानी गर्न तथा बीमा दाबी भुक्तानी सम्पुर्ण सुविधा प्राप्त गर्न सक्नेछन् ।