नेपाल लुब्रिकेन्टस्ले ४० प्रतिशत लाभांश दिने

0
Shares

काठमाडौं, (नेस) गल्फ लुब्रिकेन्टस्को आधिकारिक बिक्रेता र उत्पादक नेपाल आयल लिमिटेडको २७औं साधारणसभा सम्पन्न भएको छ । उक्त कार्यक्रम कम्पनीका प्रबन्धक सञ्चालक एवम् अध्यक्ष अरुणकुमार चौधरीको अध्यक्षतामा भएको थियो ।

साधारणसभामा कम्पनीले शेयर लगानीकर्तालाई ४० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । ३० प्रतिशत (प्रस्तावित लाभांश प्रतिशेयर) र १० (प्रस्तावित बोनस प्रतिशेयर) ।

कम्पनीका अध्यक्ष अरुण कुमार चौधरीले भन्नुभयो–‘नेपालमा लुब्रिकेन्टस्को व्यापारमा ठँलो प्रतिस्पर्धा छ । तर, गल्फ लुब्रिकेन्टस्कोे एकदमै मेहेनती टिम र नवीन रणनीतिका साथ विश्वस्तरीय उत्पादनका कारण यस आर्थिक वर्ष २६सय किलोलिटरभन्दा बढीको व्यापार भएको छ । यसले हामी नेपालको नम्बर १ लुब्रिकेन्टस् ब्रान्ड हुनमा थप टेवा पु¥याएको छ।’