चावहिलमा क्वालिटी सुट हाउस खुल्यो

0
Shares

काठमाडौं, (नेस) काठमाडौंको चावहिलमा क्वालिटी सुट हाउस सञ्चालनमा आएको छ । सर्टिङ सुटिङ सम्बन्धी सम्पँर्ण सेवा दिने गरी सुट हाउस सञ्चालनमा ल्याइएको हो ।

चावहिलस्थित कृषि विकास बैंकको शाखा नजिकै रहेको सुट हाउस पँर्वमन्त्रीद्वय आनन्दप्रसाद पोखरेल तथा जितु गौतम र सिलाई व्यवसायी संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले संयुक्तरुपमा उद्घाटन गर्नुभयो । सुट हाउसमा महिला तथा पुरुषका लागि सर्टिङ सुटिङको सम्पँर्ण सेवा दिने प्रोपाइटर किशोर नेपालीले बताउनुभयो ।

सुट हाउसमा इटालियन, पिटर इङ्ल्यान्ड, बिमल, मोन्टेकार्लो, मयुर, सियाराम, रेमन्डलगायत विभिन्न कपडा उपलब्ध छन् । सुट हाउसले विदेशी तथा स्वदेशी ब्रान्डका कपडाको रेडिमेट तथा अर्डरअनुसार पोशाकहरु उपलब्ध छन् । ‘सुट हाउसले ब्रान्डेड कपडाका आकर्षक पोशाक ग्यारेन्टीका साथ उपलब्ध गराउँछौं,’ सञ्चालक नेपालीले भन्नुभयो–‘हामी कहाँ सिलाएको तथा लगेको रेडिमेड सुटमा भुवा आएमा, कलर गएमा वा कुनै कैफियत देखिएमा फिर्ता गरिदिन्छौं ।’ ग्राहकले चाहेमा ८ घण्टामै सुट तयार गरेर दिन सकिने नेपालीले बताउनुभयो ।

यसअघि दोलखाको चरिकोटमा ईश्वर टेलर्स सञ्चालन गर्दै आउनु भएका नेपालीले ७५ लाख रुपियाँ लगानी गरेर सुट हाउस सञ्चालनमा ल्याएका हुन् । सुट हाउसमा ८ हजार रुपियाँदेखि ३० हजार रुपियाँभन्दा बढी मँल्यका सुट उपलब्ध रहेका छन् । हाल सञ्चालनमा आएको अवसरमा सबैखाले सर्टिङ सुटिङ सेवामा १५ प्रतिशत छुटको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।