‘होन्डा नेपाल ड्रिम कप’ सम्पन्न

0
Shares

काठमाडौं, (नेस)
नेपालमा पहिलोपटक होन्डाले ‘होन्डा नेपाल ड्रिम कप’ रेसिङ च्याम्पियनसिप आयोजना गरेको छ । रेसिङका लागि उत्साहित होण्डा राइडरहरुलाई लक्षित गरी आयोजना गरिएको उक्त च्याम्पियनसिपमा ३० जना प्रतियोगीहरुको सहभागिता रहेको थियो । ग्वार्कोस्थित होन्डाको सेफ्टी राईडिङ सेन्टरमा सम्पन्न उक्त च्याम्पियनसिप दुई भागमा विभाजित गरिएको थियो ।

नेपाल अटोमोबाइल स्पोर्टस् एसोसियसनको साझेदारीमा होन्डाले आयोजना गरेको ‘होन्डा नेपाल ड्रिम कप’लाई नेपाल मोटरसाइकल फेडरेशनले प्रमाणित गरेको थियो ।

च्याम्पियनसिपमा सीबीआर २५० आरअन्तर्गत पहिलो हुने विजेताले ५० हजार दोस्रोले ३० हजार र तेस्रोले २० हजार रुपियाँ पुरस्कार प्राप्त गरेका थिए । त्यसैगरी १४९–१६५ सीसीअन्तर्गत पहिलो हुने विजेताले नगद २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले १० रुपियाँ प्राप्त गरेका थिए । यसका साथै सहभागी दुई विजेताले अगामी होण्डा इण्डिया ड्रिम कपमा नेपाललाई प्रतिनिधित्व गर्ने अवसरसमेत प्राप्त गरेका छन् ।