प्रधानमन्त्री ज्यू निर्मला पन्तको हत्यारा कहिलेसम्म पक्राउ पर्छन ?

0
Shares

ईश्वरराज ढकाल
काठमाडौं । प्रधानमन्त्री ज्यू म प्रिमियर स्कुलकी छात्रा रश्मी थापा, मेरो तर्फबाट तपाईलाई सोध्न चाहान्छु निर्मला पन्तको हत्याराहरु घुमिरहेका छन् । उनीहरुलाई सरकारले पक्राउ गर्न सकेन ? भविश्यमा यस्तो घटना नहोस भनेर सरकारले के सोचिरहेको छ ।सरकारबाट हामीले कस्तो सुरक्षाको अपेक्षा गर्ने ?

अंग्रेजी नया वर्ष अर्थात जनवरी १ तारिख मंगलबार नेपाल स्काउटले राजधानीम आयोजना गरेको ‘बालवालिकासंग प्रधानमन्त्री’ कार्यक्रममा साना वालवालिकाले शिक्षाका विषयमा एक दर्जन भन्दा बढी प्रश्न सोधेका थिए ।
निर्मला पन्तको बलात्कार पछि हत्या भएको विषयमा प्रश्न सोध्दा हलमा उपस्थित करिब ८ सय विद्यार्थीले ताली बजाएका थिए । प्रश्न सोध्नेबित्तिकै प्रधानमन्त्री भावुक मात्र हुनुभएन उहाले भन्नुभयो–छोरीले सोधेको प्रश्नको उत्तर अत्यन्तै सान्दर्भिक छ ।

यो विषयमा देशमा मात्र होइन विदेशमा पनि ठूलो चर्चाको विषय बनेकोे छ । यसलाई केही राजनितिक पार्टीले ठुलो मुद्धा बनाएकोमा प्रधानमन्त्रीले चित्त दुखाउनु भएको थियो ।

अत्यन्तै दुःखद यो घटना कहिल्यैपनि बिर्सन सकिदैन । म यो भन्न चाहन्छु बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारा छिट्टै पक्राउ पर्नेछन । बलात्कारका घटना बेग्लै उपज हो, यो त मानविय क्रुरताको पराकाष्ठा हो । हामी यो घटनाको छानविन गरिरहेका छौ प्रधानमन्त्री ओलीले भन्नुभयो ।
प्रहरीले हालसम्म भएका विभिन्न घटनाका ९५ प्रतिशत आरोपीलाई पक्राउ गरीसकेको छ । निर्मला पन्तका हत्याराहरुपनि उम्कन पाउने छैनन उहांले भन्नुभयो ।

बालबालिकाको प्रश्नः हामीले सरकारबाट के अपेक्षा

के गर्ने घटना मैले गरेको हो भनेर धेरैले भने तर उनीहरुको डिएनए मिलेन । धेरै व्यक्तीको डिएनए परीक्षण गरियो त्यो पनि मिलेन । नेपाल प्रहरीका प्रमुख नै टोली सहित घटनास्थल पुग्नुभएको छ । आशा गरौं हत्यारा पक्कै समातिने छ प्रधानमन्त्री ओलीले भन्नुभयो । शान्त मुलुकको परिकल्पना गरेको सरकारले यस्तो दुःखद घटनाका दोषी नसमातिएकाले आफुपनि चिन्तित भएको उहांले बालकाललिकालाई जानकारी गराउनुभयो ।

घटना भए लगत्तै प्रहरीले केही गल्ती गरेको देखियो । हामीले घटनाको सत्यतथ्य पत्ता लगाउन गुप्तचर प्रहरीको टोली खटाएका छौ उहांले भन्नुभयो । प्रहरीको उच्च स्तरीय टोली पनि खटाएका छौ तर रिजल्ट आएको छैन समय लाग्ला तर दोषी उम्कदैन प्रधानमन्त्री ओलीले जिज्ञासु बिद्यार्थीलार्य आश्वस्त पार्न खोज्नु भएको थियो ।

म पनि आश्चर्यचकित भएको छु प्रधानमन्त्री ओलीले भन्नुभयो– दोषी भनेर पक्राउ ग¥यो, डिएनए मिल्दैन यो विषयमा सरकार गम्भीर भएको छ । उहाले दवाव र प्रभावको कारण स्वतः स्फुर्त अनुसन्धान गर्न नपाएको गुनासो गर्नुभयो ।

प्रज्ञा भवनमा आयोजित कार्यक्रममा विद्यार्थीले प्रधानमन्त्री ओलीको बाल्यकाल, विद्यालयमा सानो छदा विद्यार्थीको अनुभव, आफुले मनपराउने आदर्श व्यक्ति, नेपालबाट विदेशमा जाने नेपालीलाई विदेश जानबाट रोक्न के गर्न सकिन्छ ? समयमै पाठ्यपुस्तक नपाएर पढ्न नपाएका विद्यार्थीको अवस्था, सामुदायिक विद्यालयको गुणस्तर खस्कदै गएको अवस्था लगायतका विषयमा प्रश्न सोधेका थिए ।

प्रधानमन्त्री ओेलीले बिद्यार्थीले सोधेको प्रश्नको झण्डै दुई घण्टासम्म लगातार उत्तर दिनुभएको थियो ।

कार्यक्रममा सेन्ट जेभियर्स स्कुल कालोपुलका विद्यार्थीद्धय एलिशा लुइटेल र दर्शन दाहालले कार्यक्रम संचालन गरेका थिए । सात सामुदायिक र सात सरकारी विद्यालयका विद्यार्थी कार्यक्रमा सहभागी भएका थिए ।