सलिम अन्सारी,प्युठान ।
१७ वर्षे युवकको हत्या गरि फरार अभियुक्त चार दिन पछि पक्राउ परेका छन् ।
कोदालो प्रहार गरि युवकको विभत्स हत्या गर्ने गौमुखी गाउँपालिका वडा नंम्बर ६ लिवाङका २६ बर्षिय बिर बहादुर खत्रीलाई पक्राउ गरिएको प्युठानका प्रहरी प्रमुख निर्मल बुढाथोकीले जानकारी दिए ।
अभियुक्त खत्रीलाई बिषेश सूचनाको आधारमा काठमाण्डौ स्थित नयाँ बसपार्कको मित्रनगर स्थितु होटल ग्यालेक्सीबाट प्रक्राउ गरिएको उनले बताए।’घटनापछि फरार अभियुक्तलाई पक्राउ गर्न सफल भएका छौँ, प्रहरी नायव उपरीक्षक बुढाथोकीले भने, ’काठमाडौमा उनी लुकिछिपी बसेका रहेछन,पक्राउ गरि अभियुक्तलाई आजै प्युठान ल्याईएको छ।’
अभियुक्त खत्रीलाई गएको बुधवार स्थानिय अन्दाजी १७ वर्षिय गणेश घर्ती मगरलाई कोदालो प्रहार गरि हत्या गरेको आरोप छ । पिडित परिवारले गणेशको हत्या बिर बहादुर खत्रीले नै गरेकोभनी प्रहरीमा किटानी जाहेरी दिएका थिए।
गत बुधबार बिहान खेतमा पानी हाल्न जान्छु भनि घरबाट निस्किएका घर्तिमगर विहिवार साझसम्म घर फर्किएका थिएनन् । विहिवार राती ११ः ३० बजे मृत अवस्थामा खेतभन्दा करिब १५ मिटर टाढा गणेश घर्ती मगरको शब क्षतबिच्छेद अबस्थामा भेटिएको थियो । प्रहरी श्रोतका अनुसार अभियुक्तले आफैले हत्या गरेको स्वीकार गरेका छन।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया