काठमाडौं ।
सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सुनुवाइ मंगलबारसम्मका लागि सरेको छ । संसदीय सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णले सोमबार पुनः सुनुवाइ राख्ने प्रस्ताव गरे पनि प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेंसले नमानेपछि सुनुवाइ मंगलबार सरेको हो ।
सोमबार नेपाली कांग्रेसको मेलमिलाप दिवस परेकाले उपस्थित हुन नसक्ने बताएपछि मंगलबारका लागि मिति तय भएको हो । सुनुवाइमा सांसदहरूले प्रस्तावित प्रधानन्यायाधीश राणालाई उजुरी र उहाँले राखेको अवधारणामा प्रश्न मात्र राख्नुभएको थियो । सुनुवाइको सुरुमा राणाले आफ्नो अवधारणा प्रस्तुत गर्नुभएको थियो ।
‘अदालतको जनआस्था बढाउँदै छरितो रुपमा न्याय सम्पादन गराउँछु’
प्रस्तावीत प्रधानन्यायाधीश जबराले अदालतमा हुने भ्रष्टाचार, विचौलिया , न्यायाधीशहरूको उजुरी छानबिन, सम्पत्ति विवरण नबुझाउने न्यायाधीशलाई कारबाही र अनुगमन गर्ने संयन्त्र निर्माण गर्ने आफ्नो योजना रहेको बताउनुभयो ।
उहाँले अदालतको जनआस्था बढाउँदै छिटो र छरितो रुपमा न्याय सम्पादन गर्ने बताउनुभयो । लगत्तै, जबराको योजनामाथि प्रश्न उठाउँदै सांसदहरूले कार्यान्वयनको खाका माग गरेका थिए । भोली मंगलबार हुने सुनुवाइमा राणाले संसदहरूले उठाएका प्रश्नको जवाफ दिनुहुनेछ ।











प्रतिक्रिया