नेपाल समचारपत्र, काठमाडौँ ।
सशस्त्र प्रहरी बलका प्रवक्ता सुरज कुमार श्रेष्ठले सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी)का लागि २ वटा मात्रै सवारी साधन प्रयोगमा रहेकाे बताउनुभएकाे छ ।
विभिन्न संचार माध्यममा सशस्त्र प्रहरी महानिरीक्षकले ८ वटा सवारी साधन प्रयोग गरेको भनी प्रकाशित गरेपछि उनको यो स्पष्टिकरण दिएका हुन् ।
श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालसँग रहेका सवारी साधनहरु विभिन्न सुरक्षा प्रयोजनमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय एवं सशस्त्र प्रहरी बल नेपालका विभिन्न कार्यालयहरु तथा सशस्त्र प्रहरी कर्मचारीहरुले प्रयोग गर्ने गरेको बताए ।
त्यस्तैे समाचारमा प्रकाशित सवारी साधनहरु मध्ये एउटा सवारी साधन सुरक्षा प्रयोजनको लागि र अन्य ५ वटा सवारी साधनहरु सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय सवारी शाखा मातहतका रहेको भन्दै श्रेष्ठले विज्ञप्ति जारी गरेका छन् ।
साथै उनले ती सवारी साधनहरु आवश्यकता अनुसार सरकारी कामका लागि प्रयोग हुने गरेको उनले बताए ।












प्रतिक्रिया