भगवती तिमल्सिना, काठमाडौँ, (नेस) ।
स्वास्थ्य संरचना र स्वास्थ्यकर्मीको दरबन्दीका बिषयमा विगत २ बर्षदेखि सरकारले टुगो लगाउन नसकेको बिषयमा गत सोमबारको मन्त्रीपरिषद् बैठकले टुंगो लगाएसँगै स्वास्थ्यकर्मीहरुलाई जिम्मेवारी दिने आधार तय भएको छ ।
सोही निर्णयका आधारमा अब तत्कालै कर्मचारी तथा स्वास्थ्यकर्मीहरुको समायोजनको समेत बाडफाड हुने भएको छ । यसले विगत २ बर्ष देखि अल्मलिएको वातावरण सुधारका लागि बाटो खुल्ला भएको स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा.शुशिलनाथ प्याकुरेलको ठम्याई छ । उहाँ थप्नुहुन्छ–स्वास्थ्य सेवामा अबको काम पहिला भन्दा राम्रो हुन्छ र स्वास्थ्यको अनुगमनको काम प्रदेशले नै गर्नेछ ।
अबको स्वास्थ्य क्षेत्रको नयाँ सरचनामा स्थानीय तहअन्तर्गत गाउँपालिकामा २ जना, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा ३ जनाका दरले स्वास्थ्य दरबन्दी सिर्जना हुनेछ । मन्त्री परिषद्को निर्णयअनुसारनै सबै तहमा पाँचौँ वा छैटौँ तहको पब्लिक हेल्थ नर्सको दरबन्दी थप गएिको छ । यसमा ७ सय ३६ स्थानीय तहमा नर्सको दरबन्दी हुनेछ ।
यतिबेला स्थानीय तहको कुल दरबन्दी ६६ हजार ७ सय ५० रहेकोमा अब स्वास्थ्य अन्र्तगत मात्रै २५ हजार ७ सय ६४ रहने सुनिश्चित भएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तय गरेको संगठन संरचनामा ४ सय ६० वटै गाउँपालिकामा नर्सको दरबन्दी राख्ने निर्णय मन्त्री परिषद्ले गरेको हो । मन्त्रीपरिषद्को निर्णयअनुसार पब्लिक हेल्थ नर्सको दरबन्दी २ सय ७६ नगरपालिका र ४ सय ६० गाउँपालिकामा हुने सुनिश्चित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अबको स्वास्थ्य संरचनामा सिजृना गरिएको पदमा स्वास्थ्य अधिकृत सातौ र आठौ तहको दरबन्दी १७, जनस्वास्थ्य अधिकृत सातौ र आठौ तहको दरबन्दी २ सय ७६, पब्लिक हेल्थ नर्स ५ औं तहको दरबन्दी ७ सय ३६ र हेल्थ असिस्टेन्ट ५ औ तहको २ सय ७६ रहेको स्वास्थ्य मन्त्रालय उच्च स्रोतले जनाएको छ ।











प्रतिक्रिया