वर्तमान सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध सुधा¥यो:मन्त्री ज्ञवाली

0
Shares

अनिल खत्री, गुल्मी
छिमेकी देशरुसँग नेपालको सम्बन्ध कमजोर हुँदा विभिन्न ढंगले विपक्षी दलहरुले खेल्ने मौका पाएका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले बताउनु भएको छ । तर वर्तमान सरकार गठनभए लगत्तै छिमेक र अन्तर्राष्ट्रिय सम्बन्ध सुधार भएको उहाँको दावी छ ।

शनिवार गुल्मी सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसको ३६ औं वार्षिक उत्सव एबं ३४ औं क्याम्पस सभाको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले यस्तो बताउनु भएको हो । ‘नेपालको संबिधान कस्तो बन्ने, संबिधानमा संशोधान हुने कि नहुने, प्रदेश कतिवटा हुने, मधेशको मात्रै प्रदेश हुने कि पहाड र मधेश मिलाएर प्रदेश हुने जस्ता विषय अन्य देशमा छलफल हुन्थ्यो, उहाँले भन्नुभयो–‘हामीले त्यस्तो अवस्थालाई अन्त्य गरेका छौ ।’

मन्त्री ज्ञवालीले भारतसँगको सम्बन्ध बिगतका धेरै असमझदारीलाई हटाउदै बिश्वासको नयाँ जगमा खडा भएको बताउनुभयो । छिमेकी मुलुकसंग नयाँ शिराबाट सम्वन्ध सुधार भएको छ, अन्य मुलुकसँग पनि नेपाल र नेपालीको शिर उचो पार्ने गरी सम्वन्ध सुधार गर्दै विकास र समृद्धिको जग खडा भएको छ’–उहाँले भन्नुभयो । चीनसँग यातायात र पारवहन समझदारी भइसकेकाले अब नेपालले कहिल्यै नाकाबन्दी सहन नपर्ने ज्ञवालीको दावी छ ।

भरखरै जापानले नेपाली श्रमीकहरुको लागि आफनो बजार खुल्ला गरेको र अमेरिकाले नेपालका ७७ वटा बस्तुलाई भन्सार छुट दिएको उहाँले बताउनुभयो । नेपाल सन् २०२२ अगाबै अल्पविकसितबाट बिकाशिल देशको रुपमा स्थापित हुने बताउँदै मन्त्री ज्ञवालीले भन्नुभयो–‘सन् २०३० भित्रै हामी मध्यआय हुने मुलुकमा लैजान्छौं ।’