नयाँ चिनियाँ राजदूत काठमाडौंमा

0
Shares

काठमाडौं, (नेस)
नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत होउ यान्छी आफ्नो जिम्मेवारी सम्हाल्न शनिवार काठमाडौं आइपुग्नुभएको छ ।

यसअघिकी राजदूत यू होङलाई कार्यकाल अगावै त्यहाँको सरकारले फिर्ता बोलाएपछि यो नयाँ राजदूत नियुक्त हुनु भएको हो । यसअघि चिनियाँ विदेश मन्त्रालयको एसियाली शाखाकी उपमहानिर्देशको जिम्मेवारीमा रहनु भएका होउ नेपालसहित समग्र दक्षिण एसिया मामलाबारे जानकार हुनुहुन्छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएपछि मात्रै उहाँले आफ्नो औपचारिक जिम्मेवारी सम्हाल्नुहुनेछ ।

लोडेड