बिद्यालयलाई ल्यापटप कम्प्युटर हस्तान्तरण

0
Shares

विमल बिष्ट, डोटी ।
डोटीको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष नरेन्द्र रोकायाले स्थानीय काँडीगाउँमा रहेको लक्ष्मी आधारभुत बिद्यालयलाई ल्यापटप कम्प्युटर हस्तान्तरण गर्नु भएको छ ।

बिद्यालयको प्रशासनिक काममा सहयोग पुगोस भन्ने उदेश्यले आफुले बिद्यालयलाई ल्यापटप उपलब्ध गराएको अध्यक्ष रोकायाले बताउनु भयो । काँडीगाउँमा बिद्युतीकरण भईसकेकाले उक्त ल्यापटप बिद्यालयलाई उपयोगी हुने बिद्यालयले जनाएको छ ।

वडाअध्यक्ष रोकायाले ल्यापटप र कम्यूटर उपलब्ध गराएपछि बिद्यालयको बिभिन्न रेकर्ड राख्ने देखी अन्य काममा सहजता पुगेको बताईएको छ । उक्त बिद्यालयमा कम्यूटर र ल्यापटप नहुँदा समस्या भएको थियो ।