बिप्लव नेकपाद्धारा कालिकोटका अग्नि पीडितलाई राहत

14
Shares

पीडित क्षेत्रमा स्वास्थ्य सिविर सञ्चान गर्ने

कालीवहादुर मल्ल, कालिकोट।
नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्यूनिस्ट पार्टीले कालिकोटको पलातामा आगलागिवाट पीडित भएका परिवारलाई राहत वितरण गरेको छ ।

नेकपा कालिकोटले यस जिलाको पलाँता गाउँपालिका– १ खाडा गाउँस्थित न्यौपाने गाँउमा पुस ८ गते राति भिषण आगलागि भएपछि जलेर नष्ट भएका परिवारलाई शुक्रबार राहत वितरण गरेको हो ।

८७ घर भनिएपनि केहि फजुल घरहरुको विवरण आएको भन्दै बास्तविक ३२ घरपरिवारलाई ५० हजार नगद र ५० हजार बरावरको आवश्यक लत्ता कपडा वितरण गरिएको नेकपाका जिलला सेक्रेटरी मनिलाल ऐडि (रणदीप)ले जानकारी गराएका छन् । उनले कतिपयले गलत मनसायका साथ फर्जि पीडित बानइएको र बास्तविक पीडितलाई आफ्नो पार्टीले राहत बितराण गरेको बताए ।

बिप्लव नेकपाले आगलागिवाट पडीडित परिवारमा निशुल्क स्वास्थ्य सिविर समेत सञ्चान गर्ने भएको छ ।

यस अघि प्रदेश सरकारका तर्फबाट तत्कालीन राहत भन्दै नगद प्रति परिवार रु २० हजारका दरले दिने भनेर घोषणा गरेको छ ।

केन्द्र सरकारको तर्फवाट सदरमुकाम मान्मावाट तीन क्वीन्टल चामल सहित दाल, नुन तेल लगायतको खाद्यान्न सामाग्री अग्नीपिडितलाई उपलब्ध गराएको छ ।