संसदको बैठक चलाउने जिम्मा थप ५ जनालाई

0
Shares

काठमाडौं, (नेस) ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) अनुसार बैठकको अध्यक्षता गर्ने राधाकुमारी ज्ञवाली, मानबहादुर विश्वकर्मा, रेखा शर्मा, चन्द्रकान्त चौधरी र उमाशंकर अरगरियाको नाम मनोनयन गर्नुभएको छ ।

सभामुखको अनुपस्थितिमा उपसभामुखले पनि बैठकको अध्यक्षता गर्नुहुने छ । तर उपसभामुखले बैठकको सञ्चालन र अन्त्य गर्ने प्रचलन छैन ।

बैठकमा कानुन, न्याया तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’ माथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो ।

छलफलमा सांसदहरु प्रेम सुवाल र कृष्णभक्त पोखरेलले बोल्नुभएको थियो । सांसदले उठाएका प्रश्नको कानुनमन्त्री ढकालले जवाफ दिनुभएको थियो ।

बन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले ‘ संकटापन्न बन्यजन्तु तथा बनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन), विधेयक, २०७५ माथि बिचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभयो । दुवै विधेयक सर्वसम्मतले पारित गरेको छ ।

बैठकमा सांसदहरुले शून्य र विशेष समयमा समसामयिक विषयमा बोलेका थिए ।संसदको अर्को बैठक मंगलबार दिउसो १२ बजे बस्दैछ ।