लोकगायक बुद्धिकृष्ण लामिछानेको निधन

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

लोकगायक बुद्धिकृष्ण लामिछानेको ६६ वर्षको उमेरमा निधन भएको छ ।

भक्तपुरको चागुनारायण नगपालिकामा बस्दै आएका लामिछाने लामो समयदेखि अस्वस्थ थिए । पछिल्लो समय निमोनिया भएपछि उपचार चलिरहेका बेला शुक्रबार दिउँसो उनको निधन भएको पारिवारीक स्रोतले बताएको छ ।

लामिछानेको घास काट्ने खुर्केर आयो जोवान हुर्केर, पिँढीमा बसेर मेरै बाटो हेरेरलगायतका गीत चर्चित छन् ।