चोलेन्द्र शमशेरविरुद्ध नौ ‘बात’

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशमा सिफारिस चोलेन्द्रशमशेर जबराविरुद्ध ९ थान उजुरी परेको जनाएको छ। यसमा ८ थान व्यक्तिगत र १ सैद्धान्तिक उजुरी रहेको हो।
समितिको सचिवालय सिंहदरबारमा बिहीबार बसेको बैठकले राणाविरुद्ध परेका उजुरीबारे अध्ययनका लागि समितिका सदस्यहरूलाई वितरण गरेको थियो।
राणाविरुद्ध दर्ता भएको पहिलो उजुरी सार्वजनिक पोखरी जग्गा आफन्तको नाममा फैसला गराएको रहेको छ। दोस्रो उजुरी पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा शाहको दाइजो हुने भनी गरेको फैसलामा आधारित छ।
छाउनीको १५ रोपनी जग्गा र घर शाहको दाइजो हुने भनी राणासहितको इजलासले गरेको फैसला सर्वोच्चबाटै उल्टेकाले उनीमाथि छानविन गरी महाअभियोग लाग्नुपर्ने उजुरीमा दाबी गरिएको छ।
राणाको फैसलाले नेपाल ट्रस्टको जग्गा व्यक्तिको नाममा जाने अवस्था आएको तर उहाँपछिका न्यायाधीशले त्यसलाई जोगाएको दाबी उजुरीमा गरिएको छ। राणा प्रधानन्यायाधीशका लागि सिफारिस भएलगत्तै उक्त जग्गा फिर्ता पाउनुपर्ने दाबी गर्दै रिटसमेत दर्ता भएकाले राणाको नाम अनुमोदन गर्न नहुने उजुरीमा उल्लेख छ।
सार्वजनिक पोखरीको जग्गा आफन्तको नाममा फैसला सुनाएको 
छाउनीको १५ रोपनी जग्गा र घर प्रेरणा शाहको दाइजो हुने भनी फैसला गरेको

विशेष अदालतमा रहँदा विवादास्पद कार्यसम्पादन गरेको 

राणाविरुद्धको तेस्रो उजुरी विशेष अदालतमा रहँदा गरेको कार्यसम्पादनबारे छ। वीरगन्जको छपकैया पोखरी जबराले आफ्ना नाता पर्ने प्रमोद शाहको नाममा फैसला गरेको उजुरीमा उल्लेख छ। छपकैया पोखरी वीरगन्जमा छठ पर्व मनाइने महŒवपूर्ण पोखरीमध्येमा पर्छ।
उच्च अदालतदेखि सर्वोच्चसम्म आइपुग्दा सम्पादन गरेका कार्यहरू विवादास्पद भएकाले राणालाई संसदीय सुनुवाइबाट अस्वीकृत गरेर मात्र नपुग्ने भएकाले महाअभियोगसमेत लगाउनुपर्ने दाबी उजुरीमा छ। यसैगरी मेडिकल माफियासँग राणाको सम्बन्ध रहेको पनि उजुरीमा दाबी गरिएको छ।
तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीले मेडिकल कलेजसम्बन्धी मुद्दामा फैसला गर्दा त्यसको सम्पर्क माध्यम राणा भएको दाबी गरिएको छ। समितिले शुक्रबार उजुरीकर्तासँग छलफल गर्ने भएको छ।
प्रधानन्यायाधीशमा सिफारिस जबराविरुद्ध गत पुस २ गतेदेखि सार्वजनिक उजुरी आ≈वान गरिएको थियो।

संवैधानिक परिषद्को बैठकले मंसिर २७ गते सर्वसम्मत रूपमा जबरालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो।

वर्तमान प्रधानन्यायाधीश ओमप्रकाश मिश्र पुस १७ गते उमेर हदका कारण अनिवार्य अवकाशमा पाउँदै हुनुहुन्छ। अब सुनुवाई समितिले जबराको नाम अनुमोदन गरेमा जबरा प्रधानन्यायाधीश बन्नुहुनेछ। यसअघि संसदीय सुनुवाइ विशेष समितिले न्यायाधीश दीपकराज जोशीलाई अस्वीकृत गरेको थियो ।