सरकारद्धारा पाँच देशमा राजदूत सिफारिस

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
सरकारले विभिन्न देशमा रिक्त राजदूत पदमा नियुक्तिको सिफारिस गरेको छ। गणेश प्रसाद ढकाललाई थाइल्याण्डका लागि आवासीय राजदूत तथा कम्बोडिया, लाओस, भियतनाम र सिंगापुरका लागि गैरआवासीय राजदूतमा सिफारिस गरेको छ।

मणिप्रसाद भट्टराईलाई संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग, जेनेभाको स्थायी प्रतिनिधि एवम् स्वीट्जरल्याण्डका लागि आवासीय र इटाली, सान मारियो र लिस्टेन्स्टाइनका लागि गैरआवासीय नेपाली राजदूतमा सिफारिस गरेको छ।

साथै, दीपक अधिकारीलाई फ्रान्सका लागि आवासीय र एन्डोरा, मोनाको र पोर्चुगलका लागि गैरआवासीय नेपाली राजदूतमा सिफारिस गरेको छ।

भृगु ढुंगानालाई क्यानाडाका लागि आवासीय र क्युबा तथा जमैकाका लागि गैरआवासीय नेपाली राजदूतमा सिफारिस गरेको छ भने दुर्गाप्रसाद भण्डारीलाई कुवेतका लागि आवासीय र इराकका लागि गैरआवासीय नेपाली राजदूतमा सिफारिस गरेको छ।

त्यस्तै,दक्षिण कोरिया, स्पेन अधिराज्य र बंग्लादेशमा कार्यरत राजदूतहरू क्रमशः अर्जुन जंगबहादुर सिंह, भरतबहादुर रायमाझी र चोपलाल भूषाललाई तीन हप्ताको तयारी म्याद दिई फिर्ता बोलाउने निर्णय गरिएको छ।