काठमाडौं उपत्यकाका लागि ३०० वटा बस खरिद गर्ने सरकारको निर्णय

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
सरकारले काठमाडौं उपत्यकाका लागि ३ सय वटा विद्युतीय बस खरिद गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको गत सोमबार बसेको बैठकले सरकारले आफ्नै लगानीमा ३ सय वटा विद्युतीय बस खरिद गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।
मन्त्रिपरिषदको निर्णय सार्वजनिक गदै ‘नेपाल सरकारले आफ्नै लगानीमा कम्तीमा ३०० वटा विद्युतीय बस खरिद गर्ने प्रक्रिया अघि बढाउने नीति लिएको छ । ’
काठमाडौंमा हुने ट्राफिक जाम र प्रदुषणको समस्या समाधान गर्न सार्वजनिक यातायात र विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न यस्तो निर्णय गरेको बास्कोटाले जानकारी दिए ।