सशस्त्रका ८ एसपी एसएसपीमा बढुवा

14
Shares

नेपाल समाचारपत्र, काठमाडौ । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका ८ जना सशस्त्र प्रहरी उपरीक्षकलाई सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षमा बढुवा गर्ने निर्णय गरेको छ । गृह सचिव प्रेमकुमार राईको अध्यक्षतामा बसेको बैठकले ८ जना एसपीलाई एसएसपीमा बढुवा गर्ने निर्णय गरेको हो ।
बढुवाको सुचीमा परेका एसपीहरुमा भगवान मल्ल, भीमबहादुर थापा, कालिदास धौवजी, इन्द्रराज कार्की, प्रेमराज पोखरेल, दमन थापा, कुमार न्यौपाने र फडिन्द्र पौडेल रहेका छन ।